पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ।
काठमाडौँ– बैतडीमा प्रहरी सवार गाडी दुर्घटना हुँदा मृत्यु भएका चारजनाकै सनाखत भएको छ।
सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको थियो । एकजनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।
मृत्यु हुने चारैजना प्रहरी रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। सदरमुकाममा मतपेटिका पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र बिर्खबहादुर विष्ट रहेका छन्।
“चारजनाको मृत्यु भएको छ। ५ जनाको अवस्था चिन्ताजनक छ। घाइतेलाई हेलिकप्टरबाट उद्दार गरेर कोहलपुर पठाइएको छ”, प्रजिअ पन्थीले भने, “सामान्य घाइतेको पाटन अस्पतालमा नै उपचार भइरहेको छ।”
जिपमा एकजना चालक र १२ जना प्रहरी सवार रहेका थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। यद्यपी बाक्लो कुहिरो भएका कारणले अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
