तीन दलको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले शीर्ष नेताहरूबीच पीडितलाई न्यायको अनुभूति हुने गरी कानून बनाउने सहमति जुटेको र हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्मा प्रस्तुत हुने बताए।
काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरूका बीचमा छलफल भएको हो।
दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा आइतबार पनि शीर्ष दलका नेतासँग बालुवाटारमै छलफल गरेका थिए। तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्तिप्रक्रियाका बाँकी कामलाई पूर्ण दिन प्रधानमन्त्री दाहालले सोमबार पुनः बैठक राखेका हुन्।
विधेयकमा उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट विधेयकलाई टुंग्याउने तयारी गरिरहेको छ। सोमबारको छलफलका क्रममा शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन्। पीडितकेन्द्रित कानून बनाउन सरकार तयार भएकाले शीर्ष नेताहरू टीआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमाले सचेतक महेश बर्तौलाले पीडितले न्याय पाएको अनुभूति हुने गरी कानून बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्मा प्रस्तुत हुने बताए।
“सकारात्मक निष्कर्ष भनेको आगामी संसद् अधिवेशन यो विषय लैजाने र केही दिनमा पुनः शीर्ष नेताहरूको छलफल हुने भन्ने छ। विषय खुलेको छ। भिक्टिम सेन्ट्रिक कानून बनाउने कुरामा सरकार तयार छ, सकारात्मक ढंगबाट अघि बढ्ने अवस्था देखिएको छ।”
बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
