सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा भएको छ।

काठमाडौँ– सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। 

आइतबार बसेको न्याय परिषद्को बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 

परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

यस्तै, बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई नेपालगन्ज इजलासमा सरुवा गर्ने निर्णय गरेको छ।

यसैगरी, बैठकले राजश्व न्यायाधिकरण नेपालगन्जको अध्यक्षमा न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्नेसमेत निर्णय गरेको छ।