न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले अनुमोदन गरेको छ।
काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालकोको नाम अनुमोदन गरेको हो।
यस विषयमा मंसिर २९ तथा पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो। न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो।
अब उनीहरूले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज शुरू गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
