लिम्बूले ड्रागन फलको बजार नजिकै रहेको झापाको दमक बजार हो। सरदरमा प्रतिकिलो ४०० देखि ५०० रुपैयाँमा बिक्री हुन्छ।
फिक्कल– इलामको चुलाचुली गाउँपालिका–२ का वडासदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन। दिउँसो प्रायः जनताको काममा व्यस्त हुने लिम्बू बिहान र बेलुकाको समय ड्रागन खेतीमा लगाउँछन्।
उनले छथरे टोलमा छ कट्ठा जमिनममामा ड्रागन फलको खेती गरेका छन्। चुलाचुलीमा नै पहिलो पटक व्यावसायिक ड्रागनखेती थालेका लिम्बूको ड्रागन बगान लोभलाग्दो छ। बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका २०० खम्बामा ४०० ड्रागन फलका बोट छन्। सबै बोटले उत्पादनसमेत दिन थालेका छन्।
चार वर्षअघि ‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरेर दुई लाख लगानीमा ड्रागनको खेती थालेका हुन्। शुरूमा भने फाइदा हुँदैन जस्तो लागेको थियो। बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो। तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनी हर्षित छन्। फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन्। यस वर्ष मात्र दुई लाख १० हजार रुपैयाँ आम्दानी गरे। फल बिक्री गरेर एक लाख ३० हजार र बिरुवा बिक्री गरेर ८० हजार रुपैयाँ आम्दानी गरेको उनले सुनाए।
“जनताको काम गरेर बाँकी समय ड्रागन खेतीमा नै बिताउने गरेको छु। आम्दानीसमेत राम्रै हुँदो रहेछ,” लिम्बूले भने, “वार्षिक दुई लाखभन्दा बढी नै आम्दानी हुने रहेछ। यसैले नानी पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छ।” परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक ४०० बिरुवा रोपेका थिए।
युवाहरूले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको उनको भनाइ छ। “युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन। आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ। यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती शुरू गरेको हुँ,” उनले भने।
लिम्बूले उत्पादन गरेको ड्रागन फल नजिकै रहेको झापाको दमक बजारमा नै बिक्री हुने गरेको छ। सरदरमा प्रतिकिलो ४०० देखि ५०० रुपैयाँमा बिक्री हुने उनले बताए। बिरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ। बिरुवा पनि प्रतिगोटा २५० सम्ममा बिक्री हुने गर्छ।
ड्रागन फुड फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ। टिपेर १०/१५ दिनसम्म राख्दासमेत बिग्रिँदैन। गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्छ। यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ। रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ।
एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
