कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.१४ अंकले उकालो लागेर २०६०.४९ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५६ अंकले उकालो लागेर ३९०.६३ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।
कुल दुई करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५५६ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोनापुर मिनरल्स २० करोड २८ लाख ४६ हजार २१४, सोल्टी होटल १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट १६ करोड ८३ लाख ९६ हजार ५९७ र घोराही सिमेन्ट १४ करोड ३३ लाख २० हजार ६६२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, हिमालयन पावर पाटनर्स ७.८६, डोल्टी पावर कम्पनी ६.५७, अप्पर स्याङ्गे हाइड्रोपावर ५.३९, मोदी इनर्जी ४.६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
