नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालयमा पेट्रोल लिटरको १६७ रुपैयाँ तथा डिजेल मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ।
काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य घटाएको हो।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालयमा पेट्रोल लिटरको १६७ रुपैयाँ तथा डिजेल मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ।
चारआली, विराटनगर जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ।
डिजेल तथा मट्टितेल लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ। यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोल लिटरको १६६ रुपैयाँ डिजेल तथा मट्टितेल लिटरको १५५ रुपैयाँ पर्नेछ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपाली बजारमा मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
