उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
काठमाडौँ– उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न/नगराउन भनिएको छ।
“निवेदकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवं काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री विवरण समेतमा पूर्ण प्रतिबन्ध लगाएको छ”, भन्ने सूचनाले निवेदकले कानूनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको छ,” आदेशमा उल्लेख गरिएको छ।
काठमाडौँ महानगरले यही मंसिर २७ गतेदेखि प्लास्टिक प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान पराग जस्ता सुर्तीजन्य पदार्थको बिक्री विवरणमा रोक लगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
