एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानूनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गर्न गठित शर्मा संयोजकत्वको समितिले काम थालेको छ।
काठमाडौँ– सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे छानबिन गर्न गठन गरेको समितिले औपचारिक रूपमा अनुसन्धान थालेको छ। समितिका संयोजक टंकमणि शर्मा दंगालले ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले दिएको कार्यादेशअनुसार काम थालिएको बताएका छन्।
एनसेलको ८० प्रतिशत शेयर मलेसियन लगानीकर्ता आजिआटा समूहले विदेशमै बिक्री गरेको खबर बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारमा सहभागी दलहरूका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकले एनसेलको शेयर खरिद–बिक्रीमाथि आशंका व्यक्त गर्दै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
बिहीबारको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा प्रचलित कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असर लगायतका विषयमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको थियो।
अध्ययन तथा छानबिन समितिले आइतबारदेखि नै काम थालेको उनले उल्लेख गरेका छन्। कार्यादेशभित्र रही तोकिएको समय सीमाभित्र समितिले अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने उनको भनाइ छ।
समितिले सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने भएको छ। साथै कागजात तथा जानकारी प्राप्त गर्न सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने भएको छ।
समितिले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समितिसमक्ष उपलब्ध गराइ सहयोग गर्न पनि आह्वान गरेको छ। समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ।
सरकारले बिहीबार एनसेलको शेयर कारोबारबारे अध्ययन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति बनाएक हो। समितिका सदस्यमा सचिव फणीन्द्र गौतम, सहसचिवहरू बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
