एमाले अध्यक्ष ओलीले बैंकहरूलाई कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउन, अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समय म्याद थप गरेर उद्यम व्यवसायमा सहयोग गर्न आग्रह गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका हुन्।
आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बैंक विकासका लागि सहयोगी संस्थाका रूपमा काम गर्न आवश्यक रहेको बताएका हुन्। “बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन विकासका लागि सहयोगी र अनुकूल संस्थाको रूपमा काम गर्नुपर्छ,” उनले भने।
उनले पछिल्लो समय बैंक र ऋणीबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भए पनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे। बैंक र ऋणहरूबीच ब्याजदरलगायतका विषयमा शर्त पालना नभए दुवै पक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष ओलीले बैंकहरूले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउनु पर्ने बताए। उनले अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायमा सहयोग गर्न आग्रह गरे।
अध्यक्ष ओलीले अप्ठ्यारोमा परेको बेला ऋणीको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताए। उनले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको उल्लेख गरे।
उनले बैंकहरूले ऋण लिनेहरूको महत्त्व बुझ्न नसकेको टिप्पणी गरे। “ऋण लिनेले नै हो बैंकहरू चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने। त्यसकारण यो सम्बन्ध तनावको रूपमा होइन सुमधुर सम्बन्धन बनाउनुपर्छ,” उनले भने।
फरक प्रसङ्गमा अध्यक्ष ओलीले वर्तमान सरकारले सार्वभौमसत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे। उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए। उनले पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो? भन्दै प्रश्न गरे।
उनले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताए। उनले चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
