गाउँमा उत्पादन भएको आलु संकलन गरेर जिमुहाँ शीतभण्डार सहकारी संस्थाले बिउका रूपमा बिक्री गरेको हो। २८४ जना कृषकले भण्डारण गरेको ४०० टन आलुको बिउ बिक्री भएको छ।
गल्याङ– स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँ गाउँबाट यस वर्ष दुई करोड ६० लाख रुपैयाँको बिउ आलु बिक्री भएको छ।
गाउँमा उत्पादन भएको आलु संकलन गरेर स्थानीय जिमुहाँ शीतभण्डार सहकारी संस्थाले बिउका रूपमा बिक्री गरेको हो। २८४ जना कृषकले भण्डारण गरेको ४०० टन आलुको बिउ बिक्री भएको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताए।
गत वर्ष खानेसहित बिउ आलु ७०० टन बिक्री भएको थियो। “यहाँ उत्पादित आलुको बिउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, गोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन्,” अध्यक्ष कँडेलले भने, “यी बाहेक अन्य जिल्लाका करिब ३० पालिकामा बिउ आलु बेचेका छौँ।”
उक्त सहकारीमा गाउँका २८४ जना सक्रिय कृषकसहित ५०४ जना सेयर सदस्य छन्। १५० हेक्टर क्षेत्रफलमा खुमल रातो, मुखल उज्ज्वल, जनकदेव, एनएस दशमलव तीन, कार्डिललगायत राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रले अनुमोदन गरेका आलु उत्पादन गरिन्छ। आलु उत्पादक किसान भेला भएर बर्सेनि खाने र बिउ आलुको मूल्य निर्धारण भएपछि बजारमा पठाइने गरिएको छ। “सहकारीले बजारीकरणमा सहयोग गर्ने भएपछि किसान आलु उत्पादनमा हौसिएका छन्,” कँडेलले भने, “आलुको गुणस्तर राम्रो भएकाले आलु खोसाखोस हुन्छ, माग धान्नै सकिँदैन।”
गाउँमा ३०० किलोदेखि ४० टनसम्म आलु उत्पादन गर्ने कषक छन्। “जिमुहाँको मुख्य पेसा आलु उत्पादन हो, आलु उत्पादन गरेका यहाँका प्रत्येक परिवार आत्मनिर्भर छन्,” शीतभण्डारका प्राविधिक नारायण अधिकारीले भने, “आलु र सागसब्जी फलाएर एकल महिलाले पनि वार्षिक पाँच लाखसम्म कमाउने गरेका छन्।
स्थानीय ७१ वर्षीय कृषक ज्योतिलाल ढकालले जिमुहाँमा सिँचाइ सुविधा आएदेखि बसाइँसराइ रोकिएको बताए। यहाँका सामान्य परिवारले पनि आलु र अन्य सागसब्जी उत्पादन गरेर सजिलोसँग जीवनयापन गरिरहेको दाबी गरे। “यहाँ पानीको सुबिस्ता भएदेखि मैले पनि तरकारी उत्पादन गरेर घर चलाएको छु, छोराछोरी काठमाडौँ पोखरा बसेर पढेका छन्,” उनले भने, “दूध बेचेर मासिक २५ देखि ३० हजार कमाइ हुन्छ, सागसब्जी बेचेर पनि राम्रो कमाइ गरेका छौँ।”
शीतभण्डार सञ्चालनमा आएपछि पोखरा, बुटवललगायतको शीतभण्डारमा महँगो मूल्यमा आलु भण्डारण गर्न लैजानुपर्ने बाध्यता हटेको ढकालले बताए। शीतभण्डारमा कृषिउपज भण्डार गरेर उपयुक्त मूल्य पाउने समयमा बिक्री गर्दा धेरैलाई फाइदा भएको उनको भनाइ छ।
एक करोड १८ लाख र एक करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण भएका १५० टन क्षमताका दुई छुट्टाछुट्टै शीतभण्डार छन्। आलु भण्डारका लागि पाल्पाका कृषक पनि आउने गरेका छन्। भण्डारण गरेबापत सहकारीले प्रतकिलो सात रुपैयाँ लिने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
