कास्कीमा ५५ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा तथा प्रदे‍शसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीमा ५५ प्रतिशत मतदान भएको छ।

पोखरा– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीमा ५५ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको हो।

निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपाने मतदान उत्साहजनक रूपमा मतदान भइरहेको जानकारी दिए। आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवार छान्न मतदान जारी छ। 

निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदान गर्न योग्य रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ।

काठमाडौंसहित देशका मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या विगतका निर्वाचनमा भन्दा निकै कम देखिएको छ।