समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपांगता भएका व्यक्तिलाई असहज हुने गरेकाे छ।
मध्यबिन्दु– पूर्वी नवलपरासीको कावासोती–६ विष्णुनगरका ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन्।
शारीरिक रुपमा अशक्त रहेकी उनी ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म पुगेकी थिइन्। मतदान गर्न पाउँदा खुसी लागे पनि जान आउन असहज भएको उनले सुनाइन्।
पवित्राले विष्णुनगरको जनता मावि केन्द्रमा मत खसालेकी हुन्। कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छिन्। उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन्। तर, गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपांगमैत्री नहुँदा मत खसाल्न गाह्रो भयो ।
देवचुली–१५ कि ८८ वर्षिया ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन्। अपांगतामैत्री मतदान केन्द्र हुनुपर्ने हुनुपर्ने उनको माग छ। समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपांगता भएका व्यक्तिलाई असहजता हुने उनको भनाइ छ।
कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन हुन्। उनलाई अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ ।
देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् तीन लाख ६० हजार अपांगता भएका छन् ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
