मंगलबार राति सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठको ‘एन्जिओप्लास्टी’ गरिएको छ।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन्।
मंगलबार राति सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका उनको ‘एन्जिओप्लास्टी’ गरिएको छ।
डा. अरुण मास्केसहितको चिकित्सक टोलीले गृहमन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन्।
हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ।
गृहमन्त्री श्रेष्ठ यसअघि असोज ३० देखि कात्तिक १ गतेसम्म चीन भ्रमणमा रहेका बेलासमेत मुटुको समस्याबाट पीडित भएका थिए। त्यहाँ पनि उनको उपचार गरिएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
