मनाङमा ५१ प्रतिशत मत खस्यो

२९ मतदान केन्द्र रहेको मनाङमा ६ हजार ७ सय ७९ मतदाता छन्।

मनाङ– प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि जारी मतदानमा मनाङमा ५१ प्रतिशत मत खसेको छ। 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः ३० सम्ममा मनाङमा ५१ प्रतिशत मत खसेको हो। २९ मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्।

यहाँ ६ हजार ७ सय ७९ मतदाता छन्।