झापाको कुवाडीदेवीमा मतदान शुरू

झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालय मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान केहीबेर अवरुद्ध भएको थियाे।

काठमाडौँ– झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएपछि अवरुद्ध मतदान पुनः शुरू भएको छ । 

बिहान सवा १० बजेतिर विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । हाल सो केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रहरीले जनाएको छ।