बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। मुक्तिनाथको रानीपौवाका होटेल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए।
म्याग्दी– पछिल्लो एक महिनामा ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। दशैँ र तिहार बिदाको अवसर पारेर मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रह्यो।
कात्तिकमा ७३ हजार ८७९ स्वदेशी र पाँच हजार ५०४ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
घाँसा प्रहरी चौकीमा मुस्ताङ भित्रिने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्यांक राख्ने गरेका छन्। विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्रको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन्।
मुस्ताङका डीएसपी भोजराज पाण्डेका अनुसार दशैँ, तिहार, छठपर्वको बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो। १३ हजार ९०१ सवारीसाधन पर्यटक बोकेर भित्रिएका थिए।
६ हजार ४०८ मोटरसाइकल, ६ हजार २८९ कार–जिप तथा ७५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए। मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख सई प्रताप महतले दैनिक चारदेखि पाँच हजार ५०० को संख्यामा पर्यटक मुस्ताङ भित्रिएको बताए।
बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। मुक्तिनाथको रानीपौवाका होटेल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए।
“विगतका वर्षमा दशैँतिहार याममा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्। आएकाले पनि धेरै दुःख पाए,” उनले भने, “यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे।” शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ। छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटेल व्यवसायीले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
