कास्की जिल्ला अदालतले जातीय छुवाछुत तथा दुर्व्यवहार मुद्दामा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई साढे ४ महिना जेल चलाउन र ७५ हजार रुपैयाँ जरिबाना भराउन आदेश दिएको छ।
पोखरा– कास्की जिल्ला अदालतले जातीय छुवाछुत तथा दुर्व्यवहार मुद्दामा दोषी ठहर गर्दै पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जेल चलाउन आदेश दिएको छ। न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना जेल चलाउन आदेश दिएको हो।
गत वर्ष पुस १८ गते पोखरा २४ कास्कीकोटमा आयोजित कार्यक्रममा वडाध्यक्ष अधिकारीले जातीय विभेद गरेको भन्दै पुस २४ गते वडा सदस्य मैयाँ नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन्।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद सजाय हुने बताए। जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा दफा ६८ को दफा ७ को (क) बमोजिम कैद सजाय तथा जरिबाना र क्षतिपूर्ति तय गरिएको उनले सुनाए। उनका अनुसार वडाध्यक्ष अधिकारीले ७५ हजार रुपैयाँ जरिबाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ।
आफूविरुद्ध उजुरी परेपछि गत पुस २६ गते उनी आफैँ प्रहरी कार्यालय पुगेका थिए। उनीमाथि अनुसन्धान गर्न अदालतले पहिलोपटक पाँच दिन र दोस्रो पटक १० दिन म्याद थप गरी हिरासतमा राख्ने अनुमति दिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दर्ता भएको अभियोग पत्रमा वडाध्यक्ष अधिकारीलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ऐनअनुसार कारबाही गर्न माग गरिएको थियो। वडाध्यक्ष अधिकारी गत माघ ६ गते साढे एक लाख धरौटीमा रिहा भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
