तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईं समूहको प्रदर्शन (तस्वीरहरू)

दुवै समूहको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ। प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

तस्वीरहरू दिपा दाहाल, बीपी अनमोल र आदित्य नेपाल/उकालो

काठमाडौँ– युवा संघको आयोजनामा काठमाडौँको तीनकुनेमा प्रदर्शन शुरू भएको छ। 

विभिन्न स्थानबाट युवा संघका नेता तथा कार्यकर्ता नार जुलुससहित तीनकुने आइपुगेका छन्। 

तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेतसहितका नेताहरू पनि उपस्थित छन्। प्रदर्शनकारीहरू पार्टीको भ्रातृ संगठनको झण्डा र रातो क्याप लगाएर प्रदर्शनमा सहभागी छन्। वर्तमान व्यवस्थामाथि नै आक्रमण हुन थालेकाले आफूहरूले प्रदर्शन गरेको नेता बस्नेतले बताएका छन्। 

उता, प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरिरहेको छ। बल्खुमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच सामान्य झडप भएको छ। मोटरसाइकलमा आएका कार्यकर्तामाथि प्रसाईं समूहले ढंगामुढा प्रहार गरेको थियो। 

दुवै समूहको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ। प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

नेपाल प्रहरी पहिलो घेरामा, दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन भएको छ। राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोलीसमेत खटिएको छ।