नागरिकता विधेयक पारित नगरेको भन्दै राष्ट्रपतिविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइ असोज ९ गते मात्रै हुने भएको छ। राष्ट्रपतिको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन्।
काठमाडौँ- संवैधानिक दायरा मिचेर नागरिकता विधेयक पारित नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको प्रारम्भिक सुनुवाइ ९ असोजमा हुने भएको छ।
न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेपछि ९ असोजका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
अधिवक्ताहरू सागर बराल, डा. सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव लगायत देव शर्मा, सोनु रौनियारले ६ असोजमा राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्दै परमादेश जारी गर्न माग गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
