न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको छ।
न्यायाधीश सिफारिस भएकामध्ये सुवेदी, मुसलमान, पौड्याल र ढुंगाना उच्च अदालतका न्यायाधीशहरू हुन्। पोखरेल र ढकाल भने कानून व्यवसायी हुन्।
सर्वोच्चमा ७ न्यायाधीशको पद रिक्त रहे तापनि न्याय परिषद्ले एउटा पद खाली नै राखेर न्यायाधीशको नाम सिफारिस गरेको हो। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
