बजारमा माैसमी तरकारीको आपूर्ति बढेसँगै भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
काठमाडौँ– तरकारीको मूल्य अघिल्लो हप्ताको तुलनामा सस्तिएको छ। सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ।
बजारमा माैसमी तरकारीको आपूर्ति बढेसँगै भाउ घटेको समितिले जनाएको छ। समितिका अनुसार कार्तिक तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २० रुपैयाँमा झरेको छ। यस्तै, रातो आलु प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ।
समितिद्वारा निर्धारित बजार मूल्य अनुसार ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ, सानो गोलभेडा लोकल २० रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ, प्याज सुकेको ९० रुपैयाँ रहेको छ।
यस्तै, समितिले सोमबारको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ५४, स्थानीय काउली १०, मूला रातो ३०, सेतो लोकल मूला १०, भन्टा लाम्चो २०, मकै बोडी ५०, भटमासकोशा ८०, घिउ सिमी लोकल २०, राजमा सिमी ६०, तितो करेला ९०, लौका २५, परवल लोकल ५०, घिरौला २५, फर्सी पाकेको ३०, हरियो फर्सी डल्लो १० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ।
रायो साग ३०,पालुंगो १००,चमसुर ११०,तोरी ३०, हरियो प्याज ८०,च्याउ कन्य ७०, डल्ले च्याउ २५०,कुरीलो ९००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ। फलफूलमा फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ। यस्तै,केरा १६०, कागती १२०, अनार ४००, कालो अंगुर ३८०, सुन्तला नेपाली ८०, मौसम ९०, जुनार २२०, आभोकाडो २०० र किवी २२० रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
