ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा दुई हजार ६०९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
ढोरपाटन– ढोरपाटन सिकार आरक्ष नेपालको एक मात्र सिकार आरक्षका रूपमा चर्चित छ। प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ।
पूर्वाधार अभाव भए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्थे। केही वर्ष अगाडिसम्म पर्यटकको तथ्यांक राख्ने चलन थिएन। बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटेल तथा रेस्टुरेन्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन।
तर, अहिले ढोरपाटन आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ। पहिले जनै पूर्णिमा र वैशाखे पूर्णिमा मात्रै आउने गरेकामा दुई वर्षयता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन्। हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलका लागि ढोरपाटन आउनेको संख्या बढेको छ।
विदेशी पर्यटक सिकार खेल्न हेलिकप्टरमार्फत आउने गर्छन्। त्यसबाहेक गाडी तथा मोटरसाइकलमार्फत घुम्न आउनेको संख्या पनि उल्लेख्य छ। ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा दुई हजार ६०९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
असोजमा नेपाली ४७५ र विदेशी २१ गरी ४९६ पर्यटक आएको कार्यालयका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए। कात्तिकमा भने दुई हजार ११३ पर्यटक आएको उनले बताए। कात्तिकमा दुई हजार ९७ नेपाली र १६ विदेशी पर्यटक आएका हुन्।
गत आवमा सात हजार ६४५ पर्यटक ढोरपाटन आएका थिए। चालु आवको चार महिनामा तीन हजार ९९९ पर्यटक भित्रिएको कार्यालयको तथ्यांक छ। गत वर्ष १९ लाख ६२ हजार राजस्व संकलन भएको थियो। प्रचारप्रसार बढी हुँदा पर्यटकको संख्या बढ्दै गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले बताए।
बुर्तिबाङदेखि देउरालीसम्म सडक अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ। उक्त सडक स्तरोन्नतिका लागि ठेक्का लागिसकेकाले छिटो सक्न आफूले ठेकेदारलाई ताकेता गरिरहेको कायतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
