नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको छ।

काठमाडौँ– चार देश सम्मिलित महिला टी२० श्रंखलाअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो। यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो। 

नेपालका पूजा महतोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४३ रनको योगदान दिइन्। रोमा थापाले १९ बलमा ३ चौकासहित २२ तथा रुविना क्षेत्रीले १९ बलमा २ चौकासहित २१ रन बताए। कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्। 

प्रतियोगितामा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।