फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार दिउँसो २:१५ बजे शुरू हुनेछ।
काठमाडौँ– आईसीसी एकदिवशीय विश्वकप क्रिकेट–२०२३ को उपाधिका लागि आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्।
फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २:१५ बजे शुरू हुनेछ।
भारत प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको हो। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो। अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।
यसअघि भारतले सन् १९८३ र सन् २०११ मा विश्वकपको उपाधि जितेको थियो। अस्ट्रेलिया भने सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरी ५ पटक विश्वविजेता हो।
यी दुई टोली एकदिवसीय क्रिकेटमा हालसम्म १५० पटक आमनेसामने भएका छन्। त्यसमा अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
