अनियन्त्रित रूपमा आयात भएको भारतीय फूलका कारण नेपाली किसानले यसपालि तिहारमा आफ्नो उत्पादनको लागतसमेत उठाउन नसकेको पुष्प व्यवसायीहरू बताउँछन्।
काठमाडौँ– देशभर तिहारको रमझम चलिरहेको छ। गाउँशहरका घरहरू फूल र बत्तीले सजिएका छन्। शहरका चोक चोकमा फूलमालाको व्यापार राम्रै चलिरहेको छ।

तर काठमाडौँको पूर्वमा पर्ने शंखरापुर नगरपालिकाको लप्सीफेदीमा सडकछेउका कैयौँ स्थानमा फूल फालिएको छ। बारीबाट टिपेर व्यापारका लागि काठमाडौँका बजारहरूमा ल्याइएका फूल बिक्री हुन नसकेपछि किसान र स्थानीय व्यापारीले गाउँ फर्काएर सडकमै फालेका हुन्।

किसानले मिहिनेत गरेर फुलाएका यी फूल घरदैलो या गलामा सजिन नपाउँदै ओइलाएका छन्। लप्सीफेदीका स्थानीय कविन्द्र आचार्यका अनुसार बजारमा मूल्य नपाएपछि निराश भएका किसानले आफ्नो उत्पादन यसरी सडक किनारमा फालेका हुन्।

धेरै फूल खपत हुने काठमाडौँ शहरबाट नजिकै भएर पनि उचित बजार व्यवस्थापन हुन नसक्दा फूल फाल्नु परेको किसानको गुनासो छ।

यो तिहारमा नेपाली फूलले बजार नपाएको फ्लोरिकल्चर एसोसियसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए। भारतबाट आयात अनुमतिपत्र जारी भई पर्याप्त मात्रामा फूल भित्रिएका कारण स्थानीय फूलले बजार पाउन नसकेको उनको भनाइ छ।

"हाम्रै उत्पादनले माग धान्ने जानकारी सम्बन्धित सरोकारवाला निकायहरूलाई समयमै गराउँदासमेत आयात नरोकिँदा अपेक्षा गरेभन्दा धेरै फूल भारतबाट आयो," तामाङले भने। अनियन्त्रित रूपमा आयात भएको भारतीय फूलले गर्दा नेपाली किसानले आफ्नो उत्पादनको लागतसमेत उठाउन नसकेको उनी बताउँछन्।

आर्थिक मन्दीका कारण पनि यस वर्ष फूलको व्यापार साबिकको तुलनामा घटेको व्यवसायीहरूले बताएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
