तिहार शुरू भएसँगै घर, व्यापारिक मल, पसल, सडक, मठमन्दिर पनि झिलिमिली बत्तिले सजिएका छन्।
काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाड तिहार शुरू भएसँगै काठमाडौँ उपत्यका झिलिमिली बनेको छ। यस वर्ष तिहार शनिबारदेखि शुरू भएको हो। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। यमपञ्चकको पहिलो दिन शनिबार काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो।

दोस्रो दिन आइतबार कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। त्यस्तै, आइतबार नै लक्ष्मीपूजा परेकाले साँझ दीपावली गरिँदै छ। यस दिन घरमा लक्ष्मीको वास होस् भन्दै धन सम्पत्तिको पूजा गर्ने पनि गरिन्छ। लक्ष्मीको आगमनका लागि दियो बालेर घरलाई झिलिमिली पार्ने गरिन्छ। तिहारका बेलामा विगतमा माटोबाट बनेका दियो प्रयोग गरिन्थ्यो भने अहिले त्यसलाई विद्युतीय झिलिमिलीले प्रतिस्थापन गरेको छ। विद्युत् आपूर्ति सहज भएकाले अहिले देशभर घरहरूमा झिलिमिली बत्ति बालेको देख्न सकिन्छ। घर मात्र नभएर व्यापारिक मल, पसल, सडक पनि झिलिमिली बत्तिले सजिएका छन्। यसका अलवा फूलमालाले पनि घर सजाएर सुन्दर पारिएका छन्। लक्ष्मीपूजाको दिनदेखि घर–घरमा देउसी भैलो खेल्न थालिएको छ।

सोमबार गाई तिहार, मंगलबार गोवर्द्धन पूजा गरिएपछि बुधबार भाइटीका मनाइँदै छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ। भाइटीकाको साइत बुधबार बिहान १०:५१ बजे परेको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनपर्ने परिकार ख्वाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।








Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
