राज्यव्यवस्था तथा सुशासन समिति सदस्यहरूले सरकारलाई भूकम्प प्रभावितका लागि अस्थायी आवासको काम हिउँदअघि नै सक्न, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न सुझाव दिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष भूकम्प प्रभावितलाई राहत र पुनर्निर्माण प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरेको छ।
समितिले रूकुमपश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै प्रभावितका लागि आवास निर्माणको कामलाई तीव्र दिन सुझाव दिएको हो।
“हामी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्यौँ। उद्धार र उपचारमा प्रधानमन्त्री स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन्। १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ। यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ,” शनिबार दिउँसो भएको भेटमा समितिका सभापति रामहरि खतिवडाले भने, “अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने हाम्रो सुझाव छ।"
नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्रीको सक्रियताप्रति आभार प्रकट गरे। भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्नसहितका सुझाव प्रस्तुत गरेका थिए।
समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदहरूबाट प्राप्त सुझावहरू राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गर्ने आवश्वास दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
