मूलपानी, भरतपुर र विराटनगरको रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाइने

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले रंगशाला निर्माणलाई प्राथमिकता दिने निर्णय भएको मन्त्री शर्माको भनाइ छ।

काठमाडौँ– सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको मूलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिने निर्णय भएको मन्त्री शर्माको भनाइ छ।