प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सहकार्य र आपसी हितबारे छलफल भएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो। भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै, प्रधानमन्त्री दाहालको चीन भ्रमणका बेला भएका सहमति कार्यान्वयनका विषयमा समेत कुराकानी भएको बताइएको छ। बुधबार काठमाडौँ उत्रिए लगत्तै वाङले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेट गरेको थिए।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
