सजाय माफीको निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायत बोहराले जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। उक्त रिटमाथी आज निर्णायक सुनुवाइ हुन लागेको हो।
काठमाडौँ– कैलालीको टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गरिएको निर्णयविरुद्धको रिटमा बिहीबार निर्णायक सुनुवाइ हुँदैछ।
गत जेठ २ गते सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सदर गरेको थियो। तर, सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक नहुँदै उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाएर जेठ १५ गते रिहा भएका थिए।
त्यसविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायत बोहराले जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। उक्त रिट निवेदनमाथी बिहीबार (आज) निर्णायक सुनुवाइ हुन लागेको हो।
सर्वोच्च अदालतले गरेको फैसला र पूर्णपाठमा टीकापुर घटना जघन्य अपराध भएको र यस्तो अपराधमा संलग्नलाई आममाफी दिन नसकिने प्रस्ट व्याख्या गरिसकेको छ। यसअघि कात्तिक १६ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैद पाएका रिगल भनिने योगराज ढकालको कैद छुट दिने सरकारको निर्णयविरुद्धको रिटमा पनि सर्वोच्चले निर्णय सुनाइसकेको छ। सरकारको सिफारिसमा कैद छुट दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सर्वोच्चले बदर नै गरिसकेको छ।
सर्वोच्चको यो निर्णयसँगै रिगल पक्राउ परेर बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तानका लागि जेलसमेत चलान भएका छन्। तीन तहका अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका चौधरीको हकमा सर्वोच्चले के गर्छ भन्ने प्रश्न उब्जिएको छ। जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालतसमेत गरेर तीनवटै अदालतले चौधरीलाई मुख्य अभियुक्तको रूपमा दोषी ठहर गरिसकेको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन चाहिएका बेला चौधरीलाई रिहाइ गर्ने शर्तमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन र विश्वासको मत दिएको थियो। त्यसकै आधारमा उन्मुक्ति पार्टीका अध्यक्ष सरकारको मन्त्रीसमेत छन्। सर्वोच्च अदालतको जेठ २ को फैसला र त्यसको पूर्ण पाठ नआउँदै सरकारले चौधरीलाई उन्मुक्ति दिने काम गरेको थियो।
त्यसविरुद्धको रिट निवेदनमा तिहार बिदाको अघिल्लो दिन पेसीमा रहेको उक्त मुद्दा सुनुवाइको पालो आएमा फैसलाकै लागि बहस हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
