शेयर बजार लगातार तेस्रो दिन बढ्याे, ७८ करोड २७ लाखको काराेबार

बुधबार शेयर परिसूचक नेप्से ५.१७ अंक (०.२४ प्रतिशत)ले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ।

काठमाडाैँ– शेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ। बुधबार शेयर परिसूचक नेप्से ५.१७ अंक (०.२४ प्रतिशत)ले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार उक्त कारोबार घटेको छ। आज ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँमा कारोबार भएका छन्। 

बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर आठ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ।