ताप्लेजुङमा चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। हालको बजार मूल्य प्रतिमन (४० किलो) ५५ हजार रुपैयाँ छ।
फुङ्लिङ– ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ छ। बगानमै दशैँ मनाएका किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्।
ताप्लेजुङमा असोज–मंसिर महिना अलैँची थक्याउने मुख्य समय हो। बेँसी क्षेत्रमा भने साउनदेखि नै टिप्न थालिन्छ। लेकमा मंसिरसम्म लाग्छ। अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ। अलैँची संकलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए।
अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनको भनाइ छ। मुख्य याम भएकाले चाडपर्व अलैँची बारी (बगान)मै मनाउनुपरेको किसान बनाउँछन्। तिहार पनि बगानमै मनाउने योजना फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले सुनाए। “दशैँ अलैँची टिप्न, छोडाउन र सुकाउनमै बितेको छ,” उनले भने, “घरमा बसेर चाडपर्व मनाउन थाल्दा जंगली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको छ।”
जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुने गरेको छ। करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। हाल ताप्लेजुङमा प्रतिमन (४० किलो) अलैँची ५५ हजार रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ।
अलैँची बगानमा रोजगारी
फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन्। उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङबाट अलैँची टिप्न फुङ्लिङसम्म आएका हुन्। बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेका राई साँझ मात्र बगानबाट बाहिर निस्किन्छन्।
साँझ–बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छन्। बिहान र दिनभरि टिपिएको अलैँचीको थुंगा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्छन्। दिनभरि टिपिएको अलैँचीको थुंगा बेलुका १० बजेसम्म छोडाउनु राईको दैनिकी बनेको छ।
राईसँगै अरू सात जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ आएका हुन्। गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए।
तिहारसम्म बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त हुने उनले सुनाए। बगानमा अलैँची टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन ५०० देखि ७०० सम्म ज्याला दिने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
