शुक्रबार देशभरको माैसम सफा रहने

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– आज देशभरको मौसम सामान्यतया सफा रहने छ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राती प्रदेश १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ। अन्य ठाउँमा भने मौसम सफा रहने महाशाखाको अनुमान छ।