चीनले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।
काठमाडौँ– चीनले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।
नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा १० करोड रुपैयाँ बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन्।
त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने उनले उल्लेख गरेका छन्। उनले पहिलो आपत्कालीन प्रतिक्रियाका रूपमा उक्त सामग्री दिन लागेको पनि जनाएका छन्।
“पहिलो आपत्कालीन प्रतिक्रियाको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्यांकेटसहित लगभग १० करोड नेपाली रुपैयाँ सामग्रीहरू प्रदान गर्नेछ। उक्त सहयोग चीनको साउथ एशियन कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भले उपलब्ध गराउनेछ। यी सबै सामग्री एक दुई दिनमा आइपुग्नेछ। थप सहायताहरू बाटोमा छन्,” उनले लेखेका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प भएको थियो। हालसम्म जाजरकोट र रुकुमपश्चिममा जम्मा १५७ जनाको ज्यान गएको छ। घाइतेको संख्या तीन सय नाघेको छ। घाइतेहरूको उद्धार गरी जाजरकोट, सुर्खेत, बाँके तथा काठमाडौँका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
