सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार आदेश सुनाउने भएको छ।
काठमाडौँ– सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका गुन्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार आदेश दिने भएको छ।
बुधबार बहस सकिएको र बिहीबार सर्वोच्चले यसमा निर्णय सुनाउने भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि तोकिएको पेशीको बहस सकिएपछि बिहीबार निर्णय सुनाउन लागिएको हो।
बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। २०७२ असार २८ मा बाँकेको नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको हत्या अभियोगमा उनलाई जन्मकैदको फैसला सुनाइएको थियो।
तर, संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद माफी मिनाहा भएको थियो। उनलाई पुनः जेलमै पठाउनुपर्ने माग गर्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दिएकी हुन्। उनले रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै सार्वजनिक रूपमा दबाबमूलक कार्यक्रम पनि गर्दै आएकी छन्।
नेपालगन्जका चेतनलाई बीच बजारमै खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई जन्मकैदको सजाय सुनाएको थियो। पछिल्लो समय नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेता रहेका रिगल नेपालगन्ज आसपासमा गुन्डागर्दीमा कहलिएका व्यक्ति हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
