गत वर्षको अक्टोबरमा ९४६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्षको अक्टोबरमा ६२७.३ प्रतिशत बढी आएका छन्।
काठमाडौँ– नेपाल पर्यटन बोर्डले अक्टोबरमा हवाईमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको जनाएको छ। बोडका अनुसार हवाईमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या कोभिड महामारीअघिको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको हो।
कोभिड महामारी शुरू हुनुअघि सन् २०१९ अक्टोबरमा १ लाख १३ हजार ८१६ जना विदेशी नेपाल आएका थिए। यसबीचमा न्यून रहेको पर्यटकको आगामन सन् २०२३ को अक्टोबरमा बढेर १ लाख १७ हजार ३०६ पुगेको बोर्डले जनाएको हो।
बोर्डका अनुसार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। अक्टोबरमा मात्र १८ हजार ४८० जना भारतीय पर्यटक नेपाल आएका छन्।
दोस्रोमा अमेरिकी नागरिक छन्। यो महिना १४ हजार ८९७ जना अमेरिकी पर्यटक नेपाल आएका छन्। चौथोमा रहेको चीनबाट ८ हजार २७१ जना र पर्यटक आगमनका हिसाबले पाँचौँ स्थानमा रहेको रसियाबाट ६ हजार ७५ जना नेपाल आएका छन्।
यो आगमन सन् २०२२ को तुलनामा ३२.४ प्रतिशतले बढी हो। सन् २०२२ को अक्टोबरमा ८८ हजार ५८२ जना नेपाल भ्रमणमा आएका थिए।
सार्क मुलुकबाट आउने पर्यटकको संख्या ५७.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको अक्टोबरमा सार्क मुलुकबाट नेपाल आउनेहरूको संख्या २ हजार ७२० रहेकोमा यस वर्ष ४ हजार २९२ रहेको छ।
सन् २०२२ को अक्टोबरको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्या उच्च देखिएको छ। गत वर्षको अक्टोबरमा ९४६ जना चिनियाँ नेपाल आएकोमा यस वर्षको अक्टोबरमा ६२७.३ प्रतिशत बढी आएका छन्।
उत्साही व्यवसायी
अक्टोबरमा पर्यटक आगमनको संख्यामा भएको वृद्धिले पर्यटन व्यवसायी उत्साही छन्। होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह अक्टोबरमा पर्यटक आगमनको संख्यामा भएको वृद्धिले उत्साह थपेको बताउँछन्। उनका अनुसार नोभेम्बर र डिसेम्बरको बुकिङ पनि राम्रो देखिएकाले पर्यटन उद्योगमा आशाको सञ्चार देखिएको छ।
“अक्टोबर महिनाको तथ्यांकले सुधारको संकेत देखिएको छ। यो आफैँमा राम्रो हो,” उनी भन्छन् “तर, हामीले भारत र चीनबाट जति मात्रामा पर्यटक भित्राउन सक्थ्यौँ, अझै त्यो हुन सकिरहेको छैन। हामी भारत र चीनकेन्द्रित हुनुपर्छ।”
भैरहवामा निर्माण गरिएको गौतम बुद्ध र पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने शाह बताउँछन्। “पर्यटक आगमन वृद्धि भए पनि सडक पूर्वाधारको अवस्था एकदमै खराब छ। सरकारले सडक निर्माणको कामलाई छिटो सक्नुपर्छ र काठमाडौँ बाहिरका विमानस्थल सञ्चालनमा जोड दिनु आवश्यक छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
