मोटरसाइकलमा सवार रहेका १६ वर्षीय ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
मोरङ– स्रोत नखुलेको झन्डै २२ लाख रुपैयाँसहित एक किशोरलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मंगलबार विराटनगर महानगरपालिका–६ बाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो। प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
पक्राउ परेका किशोरको साथबाट एक हजार दरका एक हजार ६८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद गरिएको छ। उनको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएको प्रहरीले जनाएको छ। ती किशोरलाई रकमसहित अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ।
हुन्डी कारोबारीमा संलग्नहरूले किशोरलाई अवैध रकम ओसारपसारका लागि प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पक्राउ परेका किशोरले कुनै अपरिचित व्यक्तिले आफूलाई उक्त रकम कुमारी बैंकमा पुर्याइदिन भनेको प्रहरीलाई बताएका छन्। टेलिफोन सम्पर्कमा कुराकानी भएको भन्दै रकम धनीलाई आफूले नचिनेको उनको भनाइ छ।
यसअघि पनि पटक पटक त्यसरी रकम पुर्याइदिने गरेको र त्यसवापत आफूले रकम पाउने गरेको किशोरले प्रहरीमा बताएका छन्। विराटनगरमा यसअघि पनि पटक पटक हुण्डी कारोबारीले रकम ओसारपसार गरेको भेटिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
