सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
काठमाडौँ– सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका गुन्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार बुधबार आजकै इजलासले निरन्तर यो मुद्दाको सुनुवाइ गर्नेछ। सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो।
मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र यज्ञनिधि न्यौपानेले बहस गरेका थिए भने सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मीलगायतले बहस गरेका थिए।
२०७२ असार २८ मा बाँकेको नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको हत्या अभियोगमा उनलाई जन्मकैदको फैसला सुनाइएको थियो। तर, सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद माफी मिनाहा भएपछि पुनः जेलमै पठाउनुपर्ने माग गर्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दिएकी हुन्।
नेपालगन्जका चेतनलाई बीच बजारमै खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई जन्मकैदको सजाय सुनाएको थियो। पछिल्लो समय नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेता रहेका रिगल नेपालगन्ज आसपासमा गुन्डागर्दीमा कहलिएका व्यक्ति हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
