अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। कूल ४३५ सिटसंख्या रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनले बहुमतका लागि आवश्यक २१८ सिट जितेको छ।
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। एक साताअघि सम्पन्न भएको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बहुमत कायम गर्न सफल भएको हो।
कूल ४३५ सिटसंख्या रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनले बहुमतका लागि आवश्यक २१८ सिट जितेको छ।
तल्लो सदनमा थोरै सिटको फरक रहेपनि बाइडेनका अजेन्डाहरुलाई आगामी दुई वर्षसम्म रोक्न भने काफी रहनेछ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा अहिलेसम्म डेमोक्रेटिक पार्टीले २१० सिट जितेको छ। बाँकी सिटका लागि मतगणना भइरहेको छ।
बीबीसीको अमेरिकी साझेदार सीबीसीले रिपब्लिकन पार्टीले तल्लो सदनमा २२३ सिटसम्म ल्याउने प्रक्षेपण गरेको छ।
यता, माथिल्लो सदन सिनेटमा भने डेमोक्रेट्सको बहुमत छ। सिनेटमा डेमाेक्रेट्सले ५० र रिपब्लिकनले ४९ सिट जितेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
