बागमती किनारमा सयौँको संख्यामा मानिसहरू लहरै बसेर खाना खाइरहेका थिए। खाना खाइसकेकाहरू टीका, जमारा र दक्षिणा थापेर बाटोतर्फ लाग्दै थिए।
काठमाडाैँ– दशैँको रमझममा मानिसहरू आ–आफ्नो घरमा खानपिन गर्दै रमाइरहेका बेला काठमाडौको गौरीघाटस्थित बागमती किनारमा भने फरक दृश्य देखियो।
दशैँको सन्ध्यामा शहरमा टीका लगाउन आउने जानेहरूले बाटोमा भिड बढिरहँदा गौरीघाटस्थित बागमती कोरिडोरको छेउमा एउटा पिकप भ्यान रोकिएको थियो। त्यही नजिक सयौँको संख्यामा मानिसहरू लहरै बसेर खाना खाइरहेका थिए। खाना खाइसकेकाहरू टीका, जमारा र दक्षिणा थापेर बाटोतर्फ लाग्दै थिए।
काभ्रे पनौतीकी बिमला सापकोटा पनि टीका र जमारा थापेर निस्किन खोज्दै थिइन्। दशैँ कस्तो भयो भनेर सोध्दा उनले खुशी हुँदै भनिन्, "राम्रो भयो नि।" मिठो मुस्कान दिँदै उनी बाटोतर्फ लागिन्। यस्तै, सिन्धुपाल्चोक कार्थलीका अर्जुन श्रेष्ठ पनि आयोजकलाई धन्यवाद दिँदै टीका जमरा र आफ्नो दक्षिणा लिएर बिदा भए।
यो खानपिनको आयोजना गरेको हो 'वर्मिङ हर्ट्स' र 'हन्ड्रेड्स ग्रुप'ले। यी दुई संस्थाको सहकार्यमा सयौँको संख्यामा विपन्न वर्गका व्यक्तिहरूले दशैँमा केही मिठो खान पाए। टीका, जमारा र दक्षिणा थाप्न पाए।
वार्मिङ हर्टस नेपालकी अध्यक्ष अनामिका अर्यालले हन्ड्रेड्स ग्रुपको सहकार्यमा विगत ४ वर्षदेखि विपन्न वर्गका मानिहरूलाई खाना खुवाउँदै आएको बताइन्। "विशेष गरेर चाडपर्वका अवशरमा कोही पनि भोकै बस्न नपरोस् भनेर हामीले यसरी खाना वितरण गरिरहेका छौँ," उनले भनिन्। व्यक्तिगत सहयोग र संकलनबाटै यो काम गरिरहेको उनको भनाइ छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
