हावामा कावा खाँदै चंगा (तस्वीरहरू)

पछिल्लो समय शहरीकरण बढेसँगै आकाशमा चंगा देखिन केही कम भएको छ। यद्यपि अझै पनि काठमाडाैँका आकाशमा चंगाहरू बयेली खेलिरहेका देखिन्छन्।

काठमाडाैँ– दशैँतिहार आएसँगै आकाशमा चंगा उडेका देखिन्छन्। बर्सात‍्को हिलोमैलो हटेर शरद ऋतुको सुन्दर याम शुरू भएसँगै केटाकेटीसहित वयस्कहरू पनि चंगा उडाउन उत्साहित हुन्छन्।

खुल्ला आकाशमा हावामा कावा ख्वाउँदै चंगा उडाउन पाउँदा बेग्लै खुशी मिल्छ। कोही घरको छतमाथिबाट त कोही खुला चाैर तथा खेतबाट चंगा उडाउँछन्। तर पछिल्लो समय शहरीकरण बढेसँगै आकाशमा चंगा देखिन केही कम भएको छ। जे हाेस् अझै पनि काठमाडाैँका आकाशमा चंगाहरू बयेली खेलिरहेका देखिन्छन्।