चाँगुनारायणका किसानलाई धान भित्र्याउने चटारो (तस्वीरहरू)

वर्षाको पानीका कारण खेतमा हिलैहिलो भएकाले केहीलाई धान भित्र्याउन समय लाग्यो।

काठमाडाैँ– सबैतिर दशैँको रौनक छाएको छ। तर, भक्तपुरको चाँगुनारायणका किसानलाई भने धान भित्र्याउने चटारो छ।

धेरैले धान भित्र्याइसके पनि अझै केही बाँकी नै छन्। वर्षाको पानीका कारण खेतमा हिलैहिलो भएकाले केहीलाई धान भित्र्याउन समय लाग्यो। दशैँभित्र धान भित्र्याइसक्न किसानहरू बिहानदेखि साँझसम्म खेतमा व्यस्त देखिन्छन्।

कसैले मेसिनबाट धान चुटीरहेका छन् भने कसैले हातैको सहायताले धान चुट्दैछन्। जतिसक्दाे चाँडाे धान भित्र्याएर उनीहरूलाई दशमीसम्म कामको बोझबाट हलुका हुनु छ।