नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित स्थानीय गंगाबहादुर मल्लको घरमा विस्फोट भएको प्रहरीले जनाएको छ।
काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिका- १० कोरियनपुरमा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार राति नेपालगन्ज उपमहानगरपालिका-१० को भृकुटीनगरस्थित स्थानीयको घरमा विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले स्थानीय गंगाबहादुर मल्लको घरमा विस्फोट भएको बताए। उनका अनुसार विस्फोटमा परी दुई जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ। प्रहरीले कुकर बम विस्फोटको आशंका गरेको छ।
उनले भने, "कुकर बम विस्फोट भएको आशङ्का छ। दुई जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ। अन्यको खोजी भइरहेको छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
