नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।
काठमाडौँ– साहित्यकार तथा इतिहासकार चित्तरञ्जन नेपालीको निधन भएको छ।
मदन पुरस्कार विजेतासमेत रहेका नेपालीको काठमाडौँ बाँसबारीस्थित घरैमा सोमबार दिउँसो निधन भएको हो। उनी ९२ वर्षका थिए।
साहित्यकार नेपालीको केही दिनअघि काठमाडौँको ओम अस्पतालमा खुट्टाको शल्यक्रिया भएको थियो। उनी घरैमा आराम गरिरहेका थिए। पारिवारिक स्रोतका अनुसार उनी सोमबार घरैमा अचानक लडेका थिए। अस्पताल लैजान नपाइ उनको निधन भएको जनाइएको छ।
१९८८ साउन १० मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मिएका नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।
उनको खास नाम भने नारायणप्रसाद राजभण्डारी हो। राणा विरोधी आन्दोलनका लागि आफ्नो खास नाम त्यागेर चित्तरञ्जन नेपाली राखेका थिए।
नेपालीका ‘जंगबहादुरको कथा’, ‘केही कृति: केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरू’ लगायत पुस्तक पनि प्रकाशित छन्। नेपाली, इतिहास, संस्कृति, पुरातत्त्वमा स्नातकोत्तर गरेका उनले लामो समय सरकारी सेवामा बिताए।
उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए। शिक्षा मन्त्रालयबाट सहसचिवका रूपमा उनले अवकाश पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
