विश्वकप हेर्न थप शुल्क तिर्नुपर्ने (आदेशसहित)

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको हो।

काठमाडौँ- विश्वकप हेर्नका लागि दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। 

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ।

योसँगै मिडिया हब प्रालिले विश्वकप प्रसारण गरेबापत् बेग्लै पाँच सय रुपैयाँ शुल्क लिन पाउने भएको छ।

विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन यसअघि सर्वोच्च अदालतले  अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।