अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने, यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दाबी गरेका छन्। सोमबार काठमाडौँमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले पूरै विश्व नै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए। तर अनेकन् समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उनले दाबी गरे।
“अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ। त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन। तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ,” उनले भने, “त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ। सकारात्मक कुरा देखिएका छन्।”
उनले देशमा आर्थिक मन्दी छाएको भन्दै यसलाई सुधार गर्नका लागि सबैले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए। अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने, यसका लागि सबै पक्षहरू एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ।
“अर्थतन्त्रको सुधार अर्थ मन्त्रालयले मात्रै गरेर सम्भव हुँदैन। जसको जहाँ जिम्मेवारी छ, राज्य संयन्त्रमा भएको संस्था, निजी क्षेत्र सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। यो भयो भने केही सुधार हुन्छ भन्ने विश्वास छ,” उनले भने।
उनले स्रोतसाधन अभावका कारण सशक्तीकरणका अभियानले पूर्णता पाउन नसकेको बताउँदै सरकारले आवश्यक प्रयास गरिरहेको जिकिर गरे। “हाम्रो सम्पूर्ण प्रयास सशक्तीकरणको अभियानमा केन्द्रित हुने छ। अवरोधहरू हटाएर सहज वातावरण सिर्जना गर्ने कुरामा संविधानले पनि अधिकार सुनिश्चित गरेको छ,” उनले भने, “अर्थमन्त्रीको हैसियतले तपाईंहरूको अभियानमा कसरी सहयोग गर्न सकिन्छ त्यसका लागि सधैँ तत्पर छु।”
उनले संस्थाले आर्थिक पत्रकारिताको क्षेत्रमा महिलाहरूको भूमिका बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै यसलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
