मादक पदार्थ खाएर सवारी चलाएकोमा माफी माग्दै उनले अबदेखि कहिलै रक्सी नपिउने निर्णय गरेको बताएका छन्।
मादक पदार्थ सेवन गरि सवारी चलाएका रुवान्डाका सांसद गामेरियल म्बोनियमानाले राजीनामा दिएका छन्। उनले रक्सी पिएर गाडी चलाएको भन्दै माफीसमेत मागेका छन्। उनले निजी कारणले राजीनामा दिएको भनेका छन्।
रुवान्डाका राष्ट्रपति पल कगामेले एक सांसदले मादक पदार्थ सेवान गरि गाडी चलाएको भन्दै आलोचना गरेका थिए। तर, उनले ती सांसदको नाम भने लिएका थिएनन्।
राष्ट्रपति कगामेले सांसद शक्तिशाली भएकाले प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै व्यंग्य गरेका थिए। तर, त्यसको भोलिपल्टै म्बोनिमानाले राजीनामा बुझाएका थिए।
ट्विटरमा स्टेटस लेख्दै म्बोनिमानाले राष्ट्रपतिसँग आफ्नो कार्यका लागि माफी माग्दै अबदेखि कहिलै रक्सी नपिउने निर्णय गरेको भनेका छन्। रुवान्डामा रक्सी पिएर सवारी साधन चलाउने व्यक्तिलाई पाँच दिन जेल सजाय र १४० अमेरिकी डलर जरिवाना हुने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
