शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।
शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदले शनिबार बिहान परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयमा भेला भएर सनाखत गरेका थिए।
मुख्यमन्त्रीमा केदार कार्कीसँगै गठबन्धनबाट माओवादीका इन्द्र आङबोले पनि दाबी गरेका थिए। तर, आङबो पक्ष सनाखतका लागि उपस्थित भएनन्।
कांग्रेसका इन्दिरा थापा, शमशेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा कार्कीलाई मुख्यमन्त्री बनाउन सनाखत गरेका छन्।
मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
