कोशीमा दलहरू मिलेर सरकार बनाउने जनादेश प्राप्त भए पनि कांग्रेसले नचाहँदा संकट आएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ।
विराटनगर– कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका कारण प्रदेशमा राजनीतिक संकट आएको आरोप लगाएका छन्। बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताएका हुन्।
दलहरू मिलेर सरकार बनाउने जनादेश प्राप्त भए पनि कांग्रेसले नचाहँदा संकट आएको उनको भनाइ छ। निर्वाचनबाट मिलेर जान दलहरूले जनमत प्राप्त भएकाले आफूहरू मिलेर जाने प्रयासमा लागेको तर कांग्रेसले जिम्मेवार भएर संकट समाधान गर्न नचाहेको मुख्यमन्त्री कार्कीले बताए। एमाले र कांग्रेस मिलेको अवस्थामा प्रदेशमा राजनीतिक स्थायित्व कायम हुन सक्ने भन्दै उनले कांग्रेसलाई मिलेर अघि बढ्न आग्रहसमेत गरे।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखबाट अर्को सरकार गठनका लागि आह्वान भइसकेको छ। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएका छन्।
यसैबीच, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले कोशीमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिने सहमति गरेका छन्। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउन दलका नेताहरूबीच सहमति भएको छ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कोशीमा माओवादी केन्द्रलाई सरकार गठन गर्न दिने र माओवादी केन्द्रले आङ्बोलाई अघि सार्ने विषयमा सहमति भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
